ब्लग : बेखबर कृतिका थारुबारे लेखिएको खबर पढेपछि...

शिलापत्र

काठमाडौँ

दिप्सन लुइटेल

मंगलबार अन्नपूर्ण पोष्टमा ‘ट्विटरबाट भाषा सिकाउँदै’ शीर्षकमा एउटा रिपोर्ट छापियो । नछापियोस् पनि किन ? नेता कमल थापादेखि प्रदेश १ का योजना आयोग उपाध्यक्ष सुबोध प्याकुरेलसमेत उनैलाई मेन्सन् गर्दै धन्यवाद दिइरहेका भेटिन्छन् ।

नेपालीमान ८’ ट्विटर हेन्डल भएको कृतिका थारू नामको आइडीले भाषा सिकाएको कुरालाई सह्राउनेहरू धेरै छन् । अन्नपूर्णले त्यसैलाई पछ्याएर समाचार छपाएको थियो । यसका संवाददाता थिए, कृष्णराज सर्वहारी ।

पुराना र अनुभवी पत्रकार सर्वहारीले कृतिकाको भनाइसहित समाचार छापेका छन् । त्यो समाचारका अनुसार कृतिकाले सर्वहारीलाई भनिछन्, ‘राजनीतिकर्मी, प्राध्यापक, चिकित्सक र केही सामाजिक अभियन्ता जसलाई नेपाली समाजले बढी सुन्छ र हेर्छ, उनीहरूको स्ट्याटसबाटै सच्याउने अभियान सुरु गरेकी हुँ ।’

के साँच्चिकै सर्वहारीले कृतिकासँग कुरा गरेरै यो समाचार लेखे होलान् त ? प्रश्न यहाँ थियो ।

प्रकाशित मिति: : 2020-09-15 18:58:56

प्रतिकृया दिनुहोस्