अनि भयो पशुतिनाथ मन्दिर परिसरमा झडप (भिडियो रिपोर्ट) 

१७८ दिनदेखि सुनसान पाशुपात क्षेत्रमा बिहीबार बिहान तनावको स्थिति श्रृजना भयो। 

डिसेम्बरको अन्त्यमा चीनबाट सुरू भएको कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले चैत ७ गतेबाट लकडाउन गर्‍यो।

त्यसमा मठ मन्दीर, गुम्बा, चर्चलगाएका सबै स्थानहरू बन्द रहे। 

लामो समयको लकडाउनले पनि कोरोना भाईरसको संक्रमण दर नरोखिएपछि विस्तारै अन्य क्षेत्र खुल्न थालेका छन्। बन्द रहेका उद्योग कलकारखानादेखि ब्यवसायहरू खुले। 

मानिसहरूको चहलपहल बढ्न थाल्यो। तर बन्द रहेका मठमन्दिरहरू अझै खुलेका छैनन्। त्यस्तै पशुपतिनाथको मन्दिर पनि चैत्र ७ गतेदेखि बन्द छ। 

बन्द रहेको मन्दीर खोल्नुपर्ने र भक्तजनले दर्शन गर्न पाउनुपर्ने भन्दै बिहीबार बिहान एकाएक हिन्दुधर्मावलम्बीले पशुपतिनाथ क्षेत्रमा बिरोध जनाए। 
पशुपतिनाथ मन्दिरको दक्षिण गेटमा जम्मा भएर हिन्दुधर्मावलम्बीले लामो समयदेखि बन्द रहेको मन्दिर खोल्नुपर्ने भन्दै धर्ना दिएका हुन्। 

धर्ना दिन पुगेका र प्रहरीबिच केही समय झडपसमेत भयो।

कृश्चियनहरुले हिन्दुधर्मलाई दवाउन मन्दिर खोल्न नदिएको भन्दै पशुपति क्षेत्रमा भेला भएकाले सबै क्षेत्र खुले पनि मन्दिर नखोलेको भन्दै नाराबाजी गरेका थिए। 

उनीहरुले गुम्बा खुल्ने, चर्च खुल्ने तर मन्दीर किन नखोल्ने भन्दै मन्दिर खोल्न माग गरेका थिए। 

धर्ना दिन गएका धमावलम्बीहरूलाई प्रहरीले तितरबितर पारेको थियो। 

मन्दिरमा चैत ७ गतेदेखि दर्शन गन दिएको छैन। मन्दिरमा नियमीत पूजा तथा आरती भने जारी छ। 

हेर्नुहोस् भिडियो रिपोर्ट

प्रकाशित मिति: : 2020-09-17 17:29:16

प्रतिकृया दिनुहोस्