उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भनेपछि कंगनासँग वाकयुद्ध सुरु

आफूमाथि आइलागेकी पूर्व अभिनेत्री उर्मिला मातोन्डकरलाई कंगना रनौटले ‘सफ्ट पोर्न स्टार’ को संज्ञा दिएकी छिन्। 

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा चुइँक्क नबोलेकी उर्मिला बलिउडमा ड्रग्स माफियाको मुद्धा उठेपछि जया बच्चनको समर्थनमा उत्रिएकी थिइन्। उनले कंगनाको  विरोध गर्दै जया बच्चनको सम्मान गर्न अर्ति दिएकी थिइन्।

 कंगनालाई उनको हैसियतमा बस्न दिएको चुनौतिको प्रतिउत्तर दिँदै उनले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ को उपमा दिएकी हुन्। 

कंगनाले बलिउडमा आफूलाई सिध्याउन पहिलेदेखि एउटा समूह सक्रिय भएको र उनीहरू अहिले विभिन्न अनुहारमा मुखरित हुन थालेको आरोप लगाइन। कंगनाले सबैभन्दा पहिले बलिउडमा ड्रग्स कल्चरको भण्डाफोर गरेकी थिइन्। 

उनले रणवीर सिंह र रणवीर कपुरको नार्को टेस्ट गर्न समेत आग्रह गरेकी थिइन्। अहिले कंगनाको विरोधमा स्वरा भास्करजस्ता कलाकार उत्रिएका छन्। 

उर्मिला सन् १९८० मा ‘चाइल्ड आर्टिस्ट’ को रूपमा बलिउडमा प्रवेश गरेकी थिइन। अभिनेत्रीको रूपमा उनको पहिलो फिल्म नरसिम्हा थियो। तर, रामगोपाल वर्माको रंगीला फिल्मबाट उनको इमेज बनेको थियो। 

यही फिल्ममा काम गर्ने क्रममा उनी रामगोपालसँग नजिक भएकी थिइन्। र, उनले यसपछि रामगोपालबाहेक अरुको सिनेमामा निकै कम काम गरिन्। रामगोपालकै कारण उनको करिअर समाप्त भएको दावी गरिन्छ। 

रामगोपालकै ब्यानरमा उर्मिलाले तेलुगु फिल्म ‘अंथम’, ‘द्रोही’ र ‘गायम’ मा काम गरेकी थिइन। रामुसँग उर्मिलाले १३ वटा फिल्ममा काम गरेकी थिइन्।
 
उनले २०१६ मा आफूभन्दा ९ वर्ष कान्छा कास्मिरी व्यापारी मोहसिन अख्तर मीरसँग विवाह गरेकी थिइन्। उर्मिलालाई २०१९ मा कांग्रेस पार्टीले लोकसभाको सिट पनि दिएको थियो। 

तर, उनी मुम्बईमा बिजेपीका गोपाल सेट्टीसँग चुनावमा पराजित भइन्। यसको ५ महिनापछि उनले पार्टीबाट राजीनामा गरिन्।

प्रकाशित मिति: : 2020-09-18 08:54:17

प्रतिकृया दिनुहोस्