अभिनेत्री पायलले लगाइन् फिल्म निर्माता अनुराग कश्यपविरुद्ध बलात्कारको आरोप

भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी छन्।

पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे।’

उनले आफ्नो सुरक्षामा खतरा रहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग मद्दत समेत मागेकी छिन्। 

‘नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो। मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ। कृपया मलाई मद्दत गर्नुहोस्,’ उनले अगाडी लेखेकी छिन्। 

यता पायलको ट्विटलाई अभिनेत्री कंगना रनौतले समेत रिट्विट गरेकी छिन्।   ‘मिटु’मा ह्यासट्याग गरेर उनले लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस्।’

यस्तै पायलको ट्विटलाई रिट्विट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकरी मागेकी छन्। 

लेखेकी छन्, ‘तपाईं मलाई आफ्नाबारे सबै कुरा पठाउन सक्नुहुनेछ। जसबाट मैलै सबै घटना जान्न सकूँ।’

जवाफमा पायल घोषले पुनः लेखेकी छन्, ‘धन्यवाद, म तपाईंले भनेजस्तो गर्नेछु।’

यता अनुराग कश्यपले यो आरोप अस्वीकार गरेका छन्। अबेर राति १२ः ३८ बजे हिन्दीमा चारवटा ट्विट गरेर आरोप झुटो भएको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2020-09-20 08:08:28

प्रतिकृया दिनुहोस्