लेस्टर सिटीको लगातार दोस्रो जित

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ। 

आइतबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको लेस्टरले बर्नलीलाई ४–२ ले पराजित गरेको हो।

लेस्टरको जितमा हार्भी बार्नेस, जेम्स जस्टिन र एरिक प्राएटले गोल गरे। एक गोल भने उपहार पाएको थियो। यता बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे भने क्रिस वूडले र डुनीले एक एक गोल गरे।

खेलमा अग्रता भने बर्नलीले लिएको थियो। वूडले १०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन।  २०औँ मिनेटमा लेस्टरका बार्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए। 

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप ४ गोल भयो। 

५०औँ मिनेटमा बर्नलीका पिएटर्सले आत्मघाती गोल गरे। उनले बल बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे। 

यस्तै ६१औँ मिनेटमा लेस्टरले अग्रता ३–१ मा पुर्‍यायो। उसका लागि जस्टिनले गोल गरे। 

७३औँ मिनेटमा डुनीले गोल गर्दै खेलमा फर्किने संकेत देखाएका थिए। तर, टोलि सम्हालिन नसक्दा प्राएटले ७९औँ मिनेटमा गोल गर्दै ४–२ को सहज जित दिलाए। 

जितसँगै लेस्टर सिटी ६ अंक भएको छ।  

प्रकाशित मिति: : 2020-09-21 06:30:58

प्रतिकृया दिनुहोस्