ड्रग्स मामिलामा दीपिका पादुकोणको नाम

बलिउडकी चर्चित नायिका दीपिका पादुकोण ड्रग्स मुद्धामा फस्ने सम्भावना बढेको छ। 

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको मेनेजर जया शाहको च्याटमा बाहिरिएपछि दीपिका समस्यामा पर्ने लगभग तय छ। 

जया शाहसँग ड्रग्सको माग गर्दै दीपिकाले गरेको च्याट नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले प्राप्त गरेको छ। 

जयाले ‘डी’ भनेर दीपिकाको नम्बर सेभ गरेको भारतीय मिडियाले जनाएका छन्। यस्तै ९० को दशकको अर्को स्टार नायिका, जसको अगाडिको नाम ‘आर’ बाट सुरु हुन्छ, उनले पनि ड्रग्सको लागि जया शाहसँग च्याट गरेको रिपोर्ट बाहिरिएको छ। 

दीपिका केही दिनअघि मात्र सुटिङको बहाना बनाउँदै मुम्बई छोडेर गोवा गएकी थिइन। एनसीबीले उनको मेनेजरलाई बयानका लागि पत्र काटेको मिडियाहरूले बताएका छन्। 

सुशान्तको आत्महत्या प्रकरणमा एनसीबीले बलिउडमा व्याप्त ड्रग्सको कारोबारलाई मिहिनढंगले छानवीन गरिरहेको छ। 

यसअघि अभिनेत्री सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रितलाई पनि बयानका लागि बोलाउन सक्ने सम्भावना बलियो छ। उनीहरूको नाम रिया चक्रवर्तीले लिएकी थिइन्।

 सुशान्तकी कथित प्रेमिका रिया ड्रग्स कारोबारमा एनसीबीको थुनुवामा छिन्। उनले नै बयानका क्रममा सबैको नाम ओकलेको मिडियाले बताएको छ।

प्रकाशित मिति: : 2020-09-21 22:36:50

प्रतिकृया दिनुहोस्