‘मिटु’ अभियान: अनुरागलाई पूर्व पत्नीहरुको साथ, ऋचाले पठाइन् पायललाई कानूनी नोटिस

अभिनेत्री पायल घोषले केही दिन यता निर्माता–निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाइरहेकी छिन्। 

याे मुद्धाले केही समय यता हराइसकेकाे ‘मिटु’ अभियानलाई ब्युताएकाे छ। पायलले अनुराग कश्यपले ऋचा चड्ढा, माही गिल र मुहा कुरैशीसहितका अभिनेत्रीले आफूसँग यौन सम्बन्ध कायम गर्न राजी भएको र त्यस्तै अपेक्षा रहेको आरोप लगाएकी थिइन्।

यद्यपी अनुराग र ऋचा दुवैले सो आरोप अस्वीकार गरेका छन् र उनले यसरी आफ्नो नाम लिएको प्रति पायललाई कानूनी नोटिस पठाएकी छन्।

यता अनुराग कश्यपका दुवै पूर्व श्रीमतीले उनको साथ दिएका छन्।

अनुरागकी पहिलो श्रीमती आरती बजजले उनले त्यसकाे कुनै कार्य गर्न नै नसक्नै उल्लेख गरेकी छिन्।

‘अनुराग कश्यप तपाईँ रकस्टार हो। महिलाहरुलाई सशक्त गराउनु हुन्छ र गरिरहनु भएको पनि छ, महिलाका लागि सुरक्षित स्थान तयार पार्नु हुन्छ त्यो क्रम जारी राख्नु होला। दुनियाँमा इमानदारी निमेष मात्र पनि बाँकी रहेन र काम नलाग्दा मानिसहरुबाट भरियो,’ इन्स्टाग्रममा पोस्ट गरेकी छन्।

यता उनले पायलले अरुलाई घृणा गर्न समय खर्चिरहेको आराेप लगाएकी छिन्।

अघि लेखेकी छन्, ‘हरेकले आफ्नो शक्ति अरुलाई घृणा गर्न खर्चिरहेको छ, त्यो शक्ति रचनात्मकताका लागि लगाएको भए यो दुनियाँमा राम्रो स्थान हुने थियो।’

यता उनले याे लडाइमा साथ दिनेसम्म घाेषणा गरेकी छिन्। 

‘अहिलेसम्मकै सबैभन्दा घटिया स्टण्ट, सबैभन्दा पहिले त मलाई रिस उढ्यो र फेरि हाँसो लाग्यो। म दुःखी छु कि तपाईँलाई यस्तो अवस्थाबाट गुज्रिनु परेको छ,’ उनले थप लेखेकी छन्, ‘तपाईँ जहिले पनि उचाईमा रहनु र आफ्नो आवाज उठाइरहनु होला। हामी तपाईँलाई माया गर्छौँ।’

यता अनुरागकी दोस्रो श्रीमती कल्की केकलाँले पनि उनको साथमा उभिएकी छन्। 

इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘प्रिय अनुराग, सामाजिक सञ्जालमा भइरहेको यो रमिता आफूमा हाबी हुन नदिनु। तिमीले आफ्नो स्क्रिप्टमा महिलाको स्वतन्त्रताका लागि लडेका छौ। व्यवसायिक तथा व्यक्तिगत जीवनमा तिमीले महिलाको गरिमाको सुरक्षा गरेका छौ। म यी सबैको साक्षी हुँ कि निजी र व्यवसायिक क्षेत्रमा तिमीले मलाई आफ्नो बराबरको दर्जा दिएका थियौ।’

उनले लेखेकी छन्, ‘सम्बन्ध विच्छेदपछि पनि तिमी मेरो सम्मानका लागि उभियौ। हामी साथमा नभएका बेला पनि कार्यस्थलमा मैले असुरक्षित महसुस गरेमा तिमीले मलाई साथ दिन्थ्यौ।’

कल्की केकलाँले अघि लेखेकी छन्, ‘अहिले अति खतरनाक समय चलिरहेको छ, कुनै पनि परिणामका बारेमा नसोची जो कोही माथि आरोप लगाइन्छ। यसले परिवार, साथी र देशलाई नै नष्ट गरिरहेको छ। तर यो भर्चुअल ब्लड बाथ भन्दा पर एउटा गरिमामय स्थान छ। जहाँ तिम्रो आसपासका व्यक्तिमाथि ध्यान दिन आश्वयक छ, जब कोही देखिँदैन। मलाई थाहा छ कि तिमीलाई त्यसबारे राम्रोसँग थाहा छ। आफ्नो गरिमा नछोड्नु, बलियोसँग टिकी रहनु र जे काम गरिरहेका छौ त्यो गरिरहनु। पूर्व पत्नीको तर्फबाट प्रेम।’

गएको शनिबार अभिनेत्री पायल घोषले अनुरागमाथि ट्वीट मार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

तर अनुरागले आफूमाथि जानीबुझी यस्तो आरोप लगाइएको प्रतिक्रिया दिएका छन्। 

अनुराग बलिउडमा चलिरहेको कंगना रनौटको मुद्धामा अग्रपंक्तिमा रहेर ड्रग्स माफियाहरूको पक्षपोषण गरिरहेका छन्। 

उनी र कंगनाबीच केही समयदेखि जुहारी चलिरहेको बेला पायलको नयाँ मुद्धा बाहिर आएको हो। 

यता पायलको ट्विटलाई अभिनेत्री कंगनाले समेत रिट्विट गरेकी छिन्।   ‘मिटु’मा ह्यासट्याग गरेर उनले लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस्।’

घोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो कुरा राख्दै ट्याग गरेकी छिन्।

‘नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो। मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ। कृपया मलाई मद्दत गर्नुहोस्,’ उनले अगाडी लेखेकी छिन्। 

स्मरण रहाेस् अभिनेत्री पायलले हालै एक तेलुगु च्यानललाई दिएको अन्तर्वार्तामा सन् २०१४–१५ को बीच आफूसँग जबर्जस्ती सम्बन्ध बनाउन खोजेको आरोप लगाएकी हुन्। 

उनले अन्तर्वार्तामा एउटा फोनको आधारमा अन्य अभिनेत्री आउने बताउँदै जबर्जस्ती गर्न लागेको आरोप लगाएकी थिइन्। 

बंगालीमूलकी अभिनेत्री घोष कन्नड फिल्म बढी खेल्छिन्। उनले २०१७ मा ऋषि कपुर र परेश रावल अभिनित कमेडी फिल्म ‘पटेल कि पञ्जाबी शादी’ बाट डेब्यु गरेकी थिइन्। 

उनी अर्को फिल्म ‘कोई जाने ना’ मा पनि अभिनय गरिरहेकी थिइन्। उनले स्टार प्लसको लोकप्रिय कार्यक्रम ‘साथ निभाना साथिया’ मा पनि काम गरेकी छिन्। यसमा उनी राधिकाको भूमिकामा थिइन्। 

प्रकाशित मिति: : 2020-09-22 08:13:53

प्रतिकृया दिनुहोस्