हुम्लाको सिमा क्षेत्रमा चीनले बनायो ११ भवन, ११ नम्बर पिल्लर हराउँदा अन्यौल

नेपाल लाइभ

काठमाडौं

भारतीय पक्षले सीमा मिचेको कुरा चर्किरहेको समयमा चीनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिकाको सिमामा ११ वटा भवन बनाएको पाइएको छ। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा तमाङको उक्त क्षेत्रमा ११ नम्बर पिल्लरसमेत नभएकाले नेपाल हो कि चीनको पक्का हुन नसकेको बताए। 

हुम्लाको नाम्खा गाउँपालिका-६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको हो। दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको हो। १२ नम्बर पिल्लर फेला परेपनि ११ नम्बर फेला नपरेकोले कसको भू-भागको हो भनि एकिन गर्न समस्या भएको लामाले बताए।

प्रकाशित मिति: : 2020-09-22 15:50:37

प्रतिकृया दिनुहोस्