क्यानको साधारण सभा असोज २८ गते

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ।

क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले साधारण सभा २८ गते गर्ने निर्णय गरेको हो। 

यस अघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो। तर, कोरोना भाइरसको महामारीको कारण क्यानले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो।

बैठकले राष्ट्रिय पुरुष र महिला टिमको केन्द्रीय सम्झौतामा पर्ने खेलाडीको सूची समेत सार्वजनिक गरेको छ।

सूचीमा पुरुषतर्फ १८ जना र महिलातर्फ १९ खेलाडी छन्। 

खेलाडीलाई ए, बी र सी वर्गमा विभाजन गरिएको छ। ए मा पर्नेले मासिक ५० हजार, बी मा पर्नेले ४० हजार र सी मा पर्नेले ३० हजार रुपैयाँ सुविधा पाउनेछन्। महिला खेलाडी भने ए मा पर्नेले १५ हजार, बी मा पर्नेले १२ र सी मा पर्नेले १० हजार रुपैयाँ पाउनेछन्।

पुरुषतर्फको वर्गीकरण

ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी।

बी श्रेणी : सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ।

सी श्रेणी : सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल ऐरि।

महिलातर्फको वर्गीकरण

ए श्रेणी : रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी।

बी श्रेणी : ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर।

सी श्रेणी : कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले।

प्रकाशित मिति: : 2020-09-22 20:00:46

प्रतिकृया दिनुहोस्