जो घर मालिकको रोजाइमा परेनन्

नेपाल लाइभ

काठमाडौं

श्रीमानसँग सम्बन्ध चिसिएसँगै जीवन गुजारा गर्न वैदेशिक रोजगारीको सहारा लिन थालेकी गोरखाकी मन्जु घले फेरि पनि विदेशिने सोच बनाई रहेकी थिइन्।

कम्पनीको काममा खाडी जान आँटेकी उनलाई इराकमा रहेकी गाउँकै छ्यामा (काकी) पर्ने बिनिता तामाङले खाडीभन्दा इराकमा घरको काममा राम्रो कमाइ हुने भन्दै एजेन्ट शंकर तामाङसँग सम्पर्क गराइन्। 

मन्जु यसअघि पनि इराकको स्लेमानीया भन्ने ठाउँमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरेर फर्किएकी थिइन्। 

‘पहिले पनि म २ वर्ष इराकमा घरको काम गरेर फर्किएको, काम राम्रो थियो। गएको पहिलाे वर्षसम्म मासिक कमाइ ३ सय डलर थियो। एक वर्षपछि बढेर ४ सय पुगेको थियो’, उनी भन्छिन्, यो उमेरमा नकमाए पछि के गर्ने? छ्यामाको कुरा ठीकै लाग्योे। त्यसैले म जान तयार भएँ ।’

एजेन्टकी भान्जीलाई ५० हजार बुझाइन् र उनी निस्किइन् । 

उनलाई ठ्याक्कै मिति त याद छैन। तर घरबाट निस्किएको ९ महिनासम्म उनलाई भारतको नयाँदिल्लीस्थित एउटा होटलमा राखियो । नेपालीहरुलाई इराक जान प्रतिबन्ध छ । तर दलालहरुले योजना बनाएर नेपालीहरुलाई भारतको बाटो हुँदै युएई पुर्‍याउँछन् र युएईबाट इराक छिराउँछन्।

प्रकाशित मिति: : 2020-09-23 10:14:13

प्रतिकृया दिनुहोस्