नेपाल एयरलाइन्सले ६ महिना हुँदा पनि पाएन ओम्नीको सामान बोक्दाको झण्डै २ करोड भाडा

नेपाल लाइभ

काठमाडाैं

 

काठमाडौं-६ महिना हुनै लाग्दा पनि नेपाल एयरलाइन्सले ओम्नीको मेडिकल सामाग्री  बोकेको भाडा पाउन सकेको छैन।
एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले अहिलेसम्म ओम्नीको सामान ल्याएको चार्टर  जहाजको भाडा भुक्तानी नभएको जानकारी दिइन्।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको गोन्जाओबाट ओम्नीको मेडिकल सfमान चैत १६ गते नेपाल ल्याएको थियो। तर, ओम्नीसँग सरकारले खरिद गरेको मेडिकल सामानमा आर्थिक अनियमितता भएको भन्दै चैत १९ गते ठेक्का सम्झौता रद्द भएको थियो। 

ओम्नीले पहिलो लटमा ल्याएको मेडिकल सामग्री सरकारले खरिद गर्दै भुक्तानी गरिसकेकाे छ। तर, ओम्नीले भने नेपाल एयरलाइन्सको जहाज भाडावापतको करोड ५३ लाख ८५ हजार डलर पाएको छैन।

निगमले बारम्बार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा रकम भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पत्र काटे पनि मन्त्रालयले रकम भुक्तानीमा सहयोग गरेको छैन। 

प्रकाशित मिति: : 2020-09-23 15:05:31

प्रतिकृया दिनुहोस्