पिसीआरका नाममा श्रमिकमाथि लुट, सरकारले तोकेभन्दा २४ सय बढी शुल्क असुली

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

सरकारले सबै (निजी तथा सरकारी) प्रयोगशालाका लागि पिसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोके पनि अधिकांश निजी ल्याबहरुले मनपरी शुल्क असुलिरहेको पाइएको छ। 

ल्याबहरुले पिसीआर परीक्षणका नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग २५ सयदेखि ४ हजार ४ सयसम्म असुलेको पाइएको हो। 

गत फागुन २९ गतेबाट सबै प्रकारका श्रम स्वीकृति स्थगन भए पनि सरकारले असार १८ गतेदेखि पुनः र भदौ १४ देखि नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। श्रम स्वीकृतिका लागि ७२ घण्टाभित्रको पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। 

यसको फाइदा लिँदै अधिकांश निजी ल्याबहरुले चर्को शुल्क असुलेका हुन्। स्थगन भएको श्रम स्वीकृति सुचारु भएयता चर्को पिसीआर परीक्षण शुल्क तिरेर करिब ८ हजार युवा विदेसिइसकेका छन्। 

सरकारले पिसीआर परीक्षण शुल्क तोके पनि नियमन गर्न नसक्दा निजी ल्याबहरुले मनपरी शुल्क असुल्ने प्रवृत्ति बढेको पाइएको छ जसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परेका छन् । 

प्रकाशित मिति: : 2020-09-24 10:44:51

प्रतिकृया दिनुहोस्