कसले फैलायाे कैदी जैसवाल मृत्युकाे सनसनीखेज हल्ला ?

६३ वर्षीय रामलखन जैसवाल सुन्धारा कारागारस्थित भद्र बन्दीगृहका कैदी हुन् । रुपन्देही सिद्धार्थ नगरपालिका–५ का स्थायी बासिन्दा जैसवाल ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका थिए । 

अदालतले तोकेको कैद सजाय पुरा गरेर उनी यही २३ असोजमा कारागारको चौघेराबाट घर फर्किँदै थिए । तर, विडम्बना ३ असोज राति ९ बजेर ४५ मिनेट जाँदा एकाएक उनकाे स्वासप्रश्वासमा समस्या आयो । 

कारागार प्रशासनले जैसवाललाई सुरुमा सुन्धारा कारागारभित्रकै अस्पताल पुर्‍यायाे । अवस्था जटिल बन्दै गएपछि कारागारको अस्पतालले जैसवाललाई वीर अस्पताल रेफर गर्‍यो । 

जैसवाल उच्च रक्तचाप र पार्किङ्सन (हातखुट्टा काप्ने) दीर्घरोगी समेत थिए । वीर अस्पतालको इमर्जेन्सी विभागमा पुर्‍याउँदा रातको १०ः५५ बजेको थियो । इमर्जेन्सी विभागमा पुर्‍याएको केही समयमै उनलाई डाक्टरको टीमले मृत्यु घोषणा गरे । 

प्रकाशित मिति: : 2020-09-24 16:54:24

प्रतिकृया दिनुहोस्