युएईमा जारी १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत शुक्रबार राति भएको खेल चेन्नई सुपर किङ्सले लगातार दोस्रो हार व्यहोरेको छ।
पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नाई ४४ रनले पराजित भएको हो। दिल्ली क्यापिटल्सले दिएको १७५ रनको लक्ष्य पछ्छाएको चेन्नाईले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १३१ रनमा सिमेटियो।
चेन्नाईको लागि फाफ डु प्लेसिसले सर्वाधकि ४३ रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरेका थिए।
यता केदार जाधव २६, महेन्द्रसिंह धोनी १५, शेन वाटसन १४, रविन्द्र जडेजा १२ र मुरली विजयले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
दिल्लीका लागि अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो।
दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ठ खोल प्रदर्शन गरे।
धवन २७ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। शालाई ६४ रनमा स्टम्पिङ आउट भए। शाले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
यता श्रेयस ऐरलाई २६ रनमा क्याच आउट भए। ऐरले २२ बलमा १ चौका प्रहार गरे।
विकेटकिपर ऋषभ पन्त २५ बलमा ६ चौका सहित ३७ अविजित रहे। मार्कस स्टोइनिस ५ रनमा अविजित रहे।
चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए।