विचार राजनीतिक पुस्तान्तरणको खाँचाे

शिलापत्र

काठमाडौँ

केशवप्रसाद भट्टराई

नेपालको इतिहासमा जति कम उमेरका शासक थिए, उनीहरूको काम त्यत्तिकै गर्व गर्न लायक थियो । देश पनि मजबुत थियो । तर, हामी प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको युगान्तकारी व्यवस्थातर्फ पाइला राख्दै गर्दा पुरातनवादी मानसिकता भएका, आत्मरतिभन्दा माथि उठ्न नसकेका, आडम्बरी शैलीका राजनीतिक नेतृत्वबाट शासित हुन बाध्य छौँ । 

आधुनिक नेपालको इतिहासको सुरुवातदेखि हालसम्मका शासकको उमेर र उनीहरूको दूरदर्शिता र निर्णय क्षमताको तुलना गर्दा व्यवस्था परिवर्तन भएर पनि युवाको अपेक्षाअनुसार देश परिवर्तन नहुनुको कारण खोज्न सकिन्छ । राजा महेन्द्रसम्मका शासकले कम उमेरमै देशको शासन सम्हालेका भए पनि उच्च निर्णय क्षमता देखाएका थिए, परिणाम स्वरूप चीन, दक्षिण कोरिया भियतनामलगायतका बजार अर्थतन्त्रहरूको त्यो बेलाको आर्थिक सामाजिक अवस्था र नेपालको आर्थिक सामाजिक अवस्थामा खासै अन्तर थिएन ।

तर, २०४६ सालपछिका अधिकांश शासक ६० वर्ष नाघेका छन् भने उनीहरूको कमजोर निर्णय क्षमता र अदूरदर्शिताले देशलाई आर्थिक तथा सामाजिक दृष्टिकोणले पछि धकेलेकाे देखिन्छ ।

१७७९ सालमा जन्मिएका पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्न सुरुवात गर्दा जम्मा २० वर्षका थिए । उनी ४० वर्ष पुग्दा त् काठमाडौँ उपत्यका जितेर नेपाल एकीकरणको मार्गचित्र कोर्न भ्याइसकेका थिए ।  त्यसैगरी उनलाई राज्य विस्तारमा सहयोग गर्ने काजी कालु पाण्डे १७७४ सालमा जन्मिएका थिए । गोर्खा राज्यको काजी पद सम्हाल्दा उनको उमेर ३० वर्षजति मात्र थियो ।

प्रकाशित मिति: : 2020-09-28 14:00:38

प्रतिकृया दिनुहोस्