दीपिकासँग एनसिबीले गर्‍याे झण्डै साढे तीन घण्टा सोधपुछ, ठोस प्रमाण अझै भेटिएन

लागुपदार्थ मामिलामा मुछिएपछि बलिउड अभिनेत्री दीपिका पादुकोणसँग केही दिन अगाडि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) बयान लिएको थियो। 

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा लागुपदार्थ प्रयोगको भएको पाएपछि सुरु भएको अनुसन्धानमा दीपिकाको एक ह्वाट्सएप च्याटमा गाँजा, चरेश जस्ता शब्दहरूको प्रयोग भएको भेटिएपछि एनसिबीले उनलाई बयानका लागि बोलाएको थियो।

उनी एनसिबीबाट बयानका लागि उपस्थित हुन आदेश भएपछि गोवामा जारी एक सिनेमाको सुटिङ छोडेर चाटर्ड विमान चढेर मुम्बई आएकी थिइन्।

दीपिकालाई एनसिबीका अधिकारी सिधैं सोधेका थिए ‘माल के हो?’

सन् २०१७ मा गरिएको ह्वाट्स एप च्याटमा दीपिकाले यसैगरी ‘माल छ?’ भनेर सोधेकी थिइन्।

‘हो, मैले माल छ भनेर सोधेको थिएँ तर यो तपाईंहरूले भनेको माल होइन। हामी चुरोटलाई माल भन्छौं। माल चुरोटको सांकेतिक भाषा हो’, दीपिकाको जवाफ थियो।

यद्यपी बयानमा दीपिकाले लागुपदार्थको प्रयोगलाई पुर्णरूपमा अस्वीकार गरेकी थिइन्। 

त्यसैगरी उनले बयानका क्रममा ‘ह्यास’ र ‘विड’ पनि विभिन्न प्रकारका चुरोटका लागि प्रयोग गर्ने बताइन्। जसअनुसार ‘ह्यास’ भनेको मोटो आकारको एक सिगरेट हो भने ‘विड’ पातलो आकारको चुरोट हो। 

यसैगरी बयानका क्रममा दीपिकाले दुई वटा रोचक सांकेतिक शब्दहरूको बारेमा खुलासा गरेकी छन्। 

ती शब्दमा एउटा शब्द ‘पनीर’ हो भने दोश्रो ‘क्विकी एण्ड म्यारिज’ हो। 

दीपिकाका अनुसार पनीरको अर्थ दुब्लो पातलो मान्छेलाई जनाउ दिने शब्द हो।

यस्तै क्विकी एण्ड म्यारिज शब्दले दुई व्यक्तिको सम्बन्धलाई संकेत गर्छ जसमा क्विकीको अर्थ छोटो समयको प्रेमसम्बन्ध हो म्यारिजको अर्थ लामो समयको प्रेमसम्बन्ध हो।

करिश्माको पनि उस्तै जवाफ 

दीपिकासँगै सोही दिन उनी म्यानेजर करिश्मासँग पनि सोधपुछ गरेको थियो। 

उनलाई पनि ‘माल’, ‘ह्यास’को बारेमा सोधिएको थियो। करिश्माले पनि दीपिकाले दिएको जवाफ नै दिएकी थिइन्। 

त्यसमाथि थप जाँच गर्न सोधपुछ टोलीले एउटा मोटो र अर्को पातलो चुरोट राखेर एउटा सादा कागजमा तीनको नाम लेख्न लगाएको थियो जसको जवाफ करिश्माले सही ढंगले लेखिन्।

एनसिबीका अनुसार दुबैले दिएको एउटै जवाफको अर्थ दुबै जना राम्रो पूर्व तयारी गरेर आएका थिए जसका कारण जवाफ फरक भएन।

सोधपुछका क्रममा एनसिबीको कार्यालय पुग्दा दीपिका डेढ घण्टा हतास देखिएकी थिइन्। त्यसपछि भने उनी सामान्य हुँदै गएकी थिइन्।

दीपिकासँग एनसिबीले झण्डै साढे तीन घण्टा सोधपुछ गरेको थियो। लागुपदार्थ प्रयोग गरेको पुष्टि गर्न एनसिबीसँग ठोस प्रमाण छैन। यही कारणले गर्दा उनीलाई थप सोधपुछ गर्न असमर्थ छन्।

सोधपुछ पछि घर जान सक्ने जानकारी दिएपछि दीपिकाले राहतको सास लिएकी थिइन्। त्यसपछि दीपिकाले एसनसिबीका अधिकारीसमक्ष दबिएको स्वरमा ‘भोलि फेरि आउनुपर्छ?’ भनेर सोधेकी थिइन्।

जवाफमा अधिकारीले ‘हाललाई तपाईंको आवश्यक्ता छैन। आवश्यक परेमा बोलाउनेछौं’ भनेर दिएका थिए।

प्रकाशित मिति: : 2020-09-29 12:27:12

प्रतिकृया दिनुहोस्