तातोमिठो: जसले दुई सय रेस्टुरेन्टको स्वाद एकै ठाउँमा पस्किन्छ

एक वर्षअघि निश्चल कार्कीले आफ्नो व्यवसायको आइडिया परिवारलाई सुनाउँदा सबै जना मुख हेरेको हेर्‍यै भएका थिए। सानो छोरोको ठूलो कुरा सुन्दा परिवारले विश्वास नगर्नु स्वभाविक थियो।

‘भर्खरको बच्चा छ, काम ठुल्ठूलो गर्छु भन्छ,’ २५ वर्षे निश्चलको कुरा सुनेपछि बुबाआमाकाे प्रतिक्रिया थियो, ‘कसरी गर्न सक्छौ, यति ठूलो व्यवसाय?’

लगानी डुब्ने हो कि भन्ने चिन्ता परिवारलाई थियो।

‘बुबाआमालाई आफ्नो सन्तान सधैँ बच्चै लाग्दो रहेछ,’ निश्चलले गत वर्षको कुरा सम्झिए, ‘सानै उमेरको केटोले कसरी गर्न सक्ला भन्ने चिन्ता थियो।’

परिवारलाई ‘कन्भिन्स’ गर्न ठूलै प्रयास गर्नुपर्‍यो। तर, परिवारलाई विश्वस्त तुल्याउने आधार थियो उनीसँग– उनको टिम। जुन अनुभवी थियो।

निश्चलले आँट गरेपछि परिवारबाट थप नाइँनास्ती भएन। पार्टनरहरुसँगको उनको सहकार्यलाई बाबुआमाले पनि स्वीकार गरे। बुबाआमाले उनलाई बच्चालाई जस्तै सम्झाए–‘राम्ररी गर्नु, दुःख परे भन्नु है।’

उनलाई थाहा थियाे, दुःख त हुन्छ नै। जीवनमा जोखिम नमोली, मेहनत नगरी सफलताको सिँढी उक्लिन सकिँदैन।

उमेरले कमै भएपनि उनको सोच परिपक्व थियो। त्यसैले त इटहरीका निश्चलले आज तातोमिठो अनलाइन प्लेटफर्म मार्फत ‘ठूलो’ व्यवसायमा हात हालेका छन्।

गत वर्ष व्यवसाय सुरु गर्दा उनको मनमा अलिकति डर र अलिकति उत्साह थियो। तर, त्यसभन्दा बढी विश्वास थियो।

प्रकाशित मिति: : 2020-09-29 13:00:35

प्रतिकृया दिनुहोस्