पशुपतिमा चोरबाटोबाट करिब ४ दर्जन कर्मचारी भर्ती गरिदै

संकटको बेला ऋण खोजेर भोज खाने ?

शिलापत्र

काठमाडौं

नियमित आम्दानी नै घटेर दैनिक खर्च सञ्चालनमा समस्या भइरहेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारी भने ४ दर्जन कर्मचारी भर्ती गर्ने तयारीमा जुटेका छन् । 

कोषका सदस्यसचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक घनश्याम खतिवडाले ४३ जना कर्मचारी भर्ना गर्न लागेका हुन् ।

कोषका कर्मचारीले दिएको जनाकारीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सूचिमा २७ जनाको नाम छ । त्यसमा कोषका पदाधिकारीले थपेर ४३ जना पु¥याएका हुन् । 

रातारात कर्मचारी भर्ना गर्ने तयारीकै लागि एकै साथ निवेदन बुझ्ने र अन्तर्वार्ता लिने गरिरहेका छन् । 

कोष स्रोतका अनुसार ११ असोजमा ५ जनाको अन्तर्वार्ता लिएको थियो । तर, कोषका कर्मचारी संगठनले प्रक्रिया पूरा नगरी कोषलाई चर्को आर्थिक भार पर्ने गरी कर्मचारी भर्ना गर्न लागेको भन्दै विरोध गरेका छन् । 

कर्मचारीहरुको विरोधमात्र होइन, टिप्पणी उठाउनसमेत नमानेपछि अहिले कोषका पदाधिकारी समस्यामा परेका छन् । 

मन्त्रालयबाट जसरी पनि कर्मचारी भर्ना गर्नु भन्ने दबाब कोषका कर्मचारी तथा अन्य पदाधिकारीको चर्को विरोधका कारण अहिले भर्ना गर्न लागेका कर्मचारीको सूची सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले लुकाएर राखेका छन् ।

कुन तहका कति कर्मचारी भर्ना गर्ने भन्ने पनि उनीहरुसँग प्रष्ट खाका छैन । खरिदारदेखि शाखा अधिकृतसम्मको पदमा नियुक्त गर्ने चर्चा छ । 

प्रकाशित मिति: : 2020-09-29 13:05:52

प्रतिकृया दिनुहोस्