कसले सुनिदिने शहर पसेकाको वेदना  ?

शिलापत्र

काठमाडौँ

विनोद सिजापती

देशका विभिन्न स्थानहरूबाट काठमाडाैं आउनुको प्रमुख कारण राजधानीमा प्राप्त शिक्षा र रोजगारीका अवसरहरू हुन् । श्रमिक तथा उद्यमीहरूका निमित्त रोजगारी तथा कमाईका अवसरहरू राजधानीमा भन्दा अन्यत्र कम छन् । 

काठमाडाैं आउनेहरूमा आयआर्जन गर्न सकिन्छ र भविष्य राम्रो बनाउन सकिन्छ भन्ने सोचाई हुन्छ । देशका विभिन्न स्थानका विद्यार्थीदेखि उद्यमी र श्रमिकले यिनै विश्वासका भारी बोकेर काठमाडाैंलाई गन्तव्य बनाउँछन् । विगत छ महिनादेखि आएको कोभिड कहरको प्रभावले काठमाडाैं भित्रिनेहरूमध्ये अधिकांशको आस्था तथा विश्वासमा तुसारापात भएको छ । यस आलेखमा काठमाडाैं भित्रिएका तीन परिवारको अवस्था प्रस्तुत गरिएको छ।  

परिवार-१

कल्पना उपाध्याय (३८) तथा उनको परिवारका चार जना सदस्य धुनिबेशी, धादिङबाट दुई दशकअघि कोपुण्डोल आएका हुन् । कल्पना तथा पति कृष्णप्रसादको उद्देश्य दुई छोराहरूलाई पढाउने, काठमाडाैंमा घर बनाएर सानोतिनो व्यापार गरेर जिविका चलाउने थियो । काठमाडाैं भित्रिएको दुई दशकमै उनीहरूले एक छोरालाई अध्ययनका निमित्त जापान पठाए भने एक जना छोरा यहीँ पढिरहेका छन् ।

कल्पनालाई बिहानदेखि बेलुकासम्म भ्याईनभ्याई काम गरे पनि बेलुकी कृष्णप्रसाद घर आएर छोराहरूसँग खेलेको देख्दा सबै थकान मेटिन्थ्यो । पारिश्रमिकका अलावा छोराहरू स्कुल जान थालेपछि घरबेटीले नजिकैको बोर्डिङ स्कुलमा भर्ना गरिदिए र पढाइ खर्च समेत व्यहोरिदिए । 

प्रकाशित मिति: : 2020-09-30 13:51:22

प्रतिकृया दिनुहोस्