त्यसै त बिदा धेरै, झन थप्दा काम हुँदैन, प्याकेजले पर्यटन प्रवर्द्धन

गोरखापत्र

काठमाडौँ

मुकुन्द गैरे
हप्तामा दुई दिन बिदा दिने विषयमा पक्ष र विपक्षमा मतहरू सार्वजनिक भएका छन् । यस्तो बिदा अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएकाले नेपालमा पनि लागू गर्दा ठीक हुने एक पक्षको भनाइ रहेको छ भने अर्काे पक्षले दुई दिने बिदाको प्रस्ताव समयसान्दर्भिक नरहेको बताइएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना भाइरसका कारण सबै क्षेत्रमा असर गरेको बेला हप्तामा दुई दिने बिदाको विषय उठान गर्नु सान्दर्भिक हुँदैन, भन्नुभयो । दुई दिने बिदाको बारेमा महासंघले आधिकारिक धारणा नबनाएको बताउँदै उपाध्यक्ष गोल्छाले व्यक्तिगत रुपमा आफू यस विषयमा सहमत नभएको बताउनुहुन्छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सरकारले अन्तरिक पर्यटन प्रर्वद्धनको लागि सातामा दुई दिने बिदा दिने कुरा प्रभावकारी नहुने बताउनुहुन्छ । देशमा त्यसै त धेरै बिदा भएको अवस्थामा बिदा बढाउँदा काम कारबाहीमा असर गर्ने उहाँको भनाइ छ ।

दुई दिन बिदाले घुम्न जाने समय समेत नपुग्ने भएकाले यसको विकल्पमा वर्षमा कम्तीमा एक हप्ताभन्दा बढी समय तोकेर बिदा दिए प्रभावकारी हुने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । शुक्रबार सेवा लिन आउनेको काम उक्त दिन नसकिए तीन दिन त्यतिकै बस्नुपर्ने अवस्था रहने बताउनुहुन्छ ।

प्रकाशित मिति: : 2020-10-01 16:22:43

प्रतिकृया दिनुहोस्