सरकार कम्युनिस्ट तर शासन–पद्धति गैरकम्युनिस्ट

नन्दलाल खरेल

मुुलुकमा दुई तिहाइनजिकको शक्तिशाली सरकार छ । यहाँ सरकार कम्युनिस्टको छ तर शासन पद्धति भने गैरकम्युनिस्ट छ । यो नै हाम्रो दुर्गति हो । कम्युनिस्ट राज्य व्यवस्थाको अनुसन्धानमा सबैभन्दा आधुनिक एवम् जनवादी वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको लक्ष्यमा प्रतिबद्ध हुनुपर्छ । यद्यपि हाम्रो देशमा दुई तिहाइनजिकको कम्युनिस्ट सरकार भए पनि देशमा जनताका आधारभूत आधिकारहरु नै सुनिश्चित हुन सकेका छैनन् । देश नै राजनीतिक तथा आर्थिक हिसाबले स्वाधीन हुन सकेको छैन । त्यति मात्र होइन, जनताहरु गाँस, बाँस र कपासकै समस्याबाट पीडित छन् । यो ज्यादै दुःखको कुरा हो ।

नेपाली जनताले सामान्यतः २००७ सालवरिपरिबाट, विशेषतः २०५२ साल फागुन १ गतेबाट सामन्ती एकात्मक र संसदीय प्रतिक्रियावादी राज्यसत्तामा क्रान्ति गर्न लगातार जनसङ्घर्ष र जनयुद्ध सञ्चालन ग¥यो । २०६३ सालयताको यात्रामा पनि राष्ट्रले स्वाधीनता र जनताले जनवादी राज्यसत्ता प्राप्त गर्न सकेन । बरु सत्ताको चरित्र सामन्ती निरङ्कुशताबाट दलाल पुँजीवादमा फेरियो । यस सत्ताको व्यवस्थालाई २०७२ असोज ३ गते जारी गरिएको कथित संविधानले सङ्घीय लोकतन्त्रिक गणतन्त्र नामकरण ग¥यो ।

 

प्रकाशित मिति: : 2020-10-04 16:50:30

प्रतिकृया दिनुहोस्