सरकारको बेवास्ताले मलेसियामा कार्यरत नेपाली श्रमिकहरु सामाजिक सुरक्षाबाट वञ्चित

नेपाल लाइभ

काठमाडाै‌

काठमाडौं– मलेसिया सरकारले सन् २०१९ जनवरी १ देखि सम्पूर्ण आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्‍यो। १ जनवरी २०२० देखि उक्त कार्यक्रम कार्यान्वयनमा समेत आइसकेको छ। 

उक्त कार्यक्रमअन्तर्गत मलेसियाली रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरुलाई मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेशन) सोक्सोमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। सोक्सोमा आप्रवासी कामदार दर्ता गराएपछि रोजगारदाताले नै कामदारको मासिक आधारभूत पारिश्रमिकको एक दशमलव २५ प्रतिशत बराबर रकम सोक्सोमा तिर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त रकम श्रमिकको पारिश्रमिकबाट कटाउन पाइने छैन। गत १ जनवरीदेखि रोजगारदाताहरुले श्रमिकहरुलाई अनिवार्य सोक्सोमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: : 2020-10-06 10:57:55

प्रतिकृया दिनुहोस्