सुस्मिताकी छोरी पनि फिल्ममा

बलिउडमा परिवारवादको मुद्धा चुलिएको बेला अभिनेत्री सुस्मिता सेनकी छोरी रेनी फिल्मी दुनियामा प्रवेश गरेकी छिन्। 

कबीर खुरानाले आफ्नो फिल्म ‘सुट््टाबाजी’ मा सुस्मिताको छोरीलाई ब्रेक दिन लागेका छन्। 

यसको जानकारी कबीरले आफ्नो इन्स्टाग्रामबाट दिए। उनी यो फिल्ममा क्रान्तिकारी डाक्टरको भूमिकामा देखा पर्दैछिन्। 

फिल्मको सुटिङ दुई दिनअघि सुरु भइसकेको छ। फिल्ममा कोमल छाबरिया र राहुल वोहरा अविभावकको भूमिकामा देखा पर्दैछन्। 

रेनीको यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ। उनी अहिले २१ वर्षकी भइन। कबीर खुराना ९ पल्ट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सम्मानित भइसकेका छन्। 

रेनीलाई सन् २००० मा सुस्मिताले पाल्न थालेकी हुन्। उनले आफैबाट पाएको छोरी होइनन्। सुस्मिताले २०१० मा पनि अर्को छोरी अलिसालाई पाल्न थालेकी थिइन्।

प्रकाशित मिति: : 2020-10-06 12:15:54

प्रतिकृया दिनुहोस्