अनुरागमाथि यौन उत्पीडनको आरोप लगाउने अभिनेत्री पायलविरूद्ध करोडभन्दा माथिको मानहानी मुद्धा

निर्माता–निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री पायल घोषविरूद्ध अर्की अभिनेत्री रिचा चड्ढाले १ करोड १ लाख बराबरको मानहानी मुद्धा दायर गरेकी छिन्। 

रिचाले पायललगायत केआरके अर्थात कमाल खान र अर्को एक न्युज च्यानलमाथि मानहानीको मुद्धा दायर गरेकी हुन्। 

पायलले निर्माता–निर्देशक अनुरागमाथि यौन उत्पीडनको आरोप लगाउँदा रिचाको पनि नाम लिएकी थिइन। उनले अनुरागले आफूलाई भनेको भन्दै, रिचासँग पनि यौन सम्बन्ध बनाएको अन्तर्वार्तामा बताएकी थिइन्। 

यही विषयलाई लिएर रिचाले पायलमाथि मानहानीको मुद्धा दायर गरेकी हुन्। रिचाको उजुरीमाथि ७ अक्टुबरमा निर्णय हुने बताइएको छ। यसअघि सबै कागजपत्र अदालतमा पेस गर्न आदेश गरिएको छ। 

पायलले एक अन्तर्वार्तामा अनुरागले आफूलाई बताएको भन्दै रिचा, माही गिल, हुमा कुरैशीको नाम लिएकी थिइन। अनुरागले उनलाई यौनकार्यमा यी अभिनेत्रीले आफूलाई सहयोग गरेको भन्दै पायललाई उकासेको आरोप लागेको थियो।

प्रकाशित मिति: : 2020-10-06 19:41:53

प्रतिकृया दिनुहोस्