नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल

नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल आएका छन् ।

यसअघि शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। २०७४ मंसिर १५ गतेबाट नबिल बैंकको संचालक समितिमा रहँदै आएका उपेन्द्र बैंकर्स संघको अध्यक्ष समेत भैसकेका छन् ।

 यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि उनी नबिलको सञ्चालक समितिमा नियुक्त भएका थिए।

नविलमा शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल पूरा भएको छ । अग्रवाल गत १७ गते बैंकबाट बिदा भइसकेका छन्।

शम्भु पौडेल भने २०४२ सालदेखि नबिलको सञ्चालक समितिमा रहँदै आएका थिए भने  अग्रवाल २६ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिमा रहेका थिए । अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह रहेका छन् । 

प्रकाशित मिति: : 2020-10-06 23:16:12

प्रतिकृया दिनुहोस्