कोरोना कहर : बेरोजगारीको बोझ

विगतका कुनै संकटमा विश्वभर यति धेरै रोजगारी गुमाउनु परेको थिएन, जति कोरोनाले खोस्यो

काठमाडौंं : कोरोनाले विश्वका गरिब मुलुकदेखि महाशक्ति राष्ट्रसम्म सबैलाई नराम्ररी प्रभावित पारेको छ। यही महाव्याधिका कारण अर्थतन्त्र ओरालो लाग्दा विश्वभर करोडौंले रोजगारी गुमाउनु परेको छ। कोरोनाले अर्थतन्त्रमा पारेको असर सन् २००९ मा विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी देखिएको तथ्यांकले देखाउँछ। रोजगारी पनि यसैले धेरै खोसेको छ, जति विगतमा कुनै महामारीले खोस्न सकेको थिएन। 

 

अमेरिका
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकको शीर्ष स्थानमा अमेरिकाको नाम छ। यहाँका ३ करोडभन्दा बढी व्यक्तिको प्रत्यक्ष रोजगार गुमेको अध्ययनहरूले देखाएका छन्। सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीलाई पनि पछि पार्ने गरी यसपटक कोरोनाले अमेरिकी अर्थतन्त्रलाई प्रभावित गरेको छ। अमेरिकामा यो वर्षको अप्रिलमा बेरोजगारीदर १४.७ प्रतिशत पुग्यो। जब कि सन् २००९ को अक्टुबरमा बेरोजगारीदर १० प्रतिशतसम्म पुगेको थियो। अप्रिल महिनामा त अमेरिकामा करिब ७८ प्रतिशतले रोजगारी गुमाएका थिए। 

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व श्रम संगठन (आईएलओ) ले अघिल्लो साता एक प्रतिवेदन सार्वजनिक गरेको छ। कोरोना महामारीले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पारेको असरबारे गरिएको अध्ययनले एक दशकअघि विश्वले भोगेको आर्थिक मन्दीभन्दा कोरोनाको प्रभाव अर्थतन्त्रमा बढी देखिएको पाइएको छ। कोरोना माहामारीका कारण यस क्षेत्रमा रोजगार र आयमा ठूलो संकुचन आएको छ। 

प्रकाशित मिति: : 2020-10-07 08:53:55

प्रतिकृया दिनुहोस्