करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोन

‘रिजेक्शन’ को कारण ‘पोर्नस्टार’ बनिन् सनी लियोन

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडकी चर्चित अभिनेत्रीको ‘लिस्ट’ मा पर्छिन्, सनी लियोन। उनी सोसल मिडियामा धेरै सक्रिय छिन्। अक्सर उनी आफ्नो तस्बिरलाई ‘फेन्स’हरूसामु सेयर गरिरहन्छिन्। 

आफ्नो ‘बोल्ड पिक्चर’ को कारण उनी भाइरल पनि भइरहन्छिन्। उनले बलिउडको कैंयौ फिल्महरूमा काम गरेकी छिन्। जुन फिल्मलाई दर्शकहरूले रुचाएका पनि थिए। तर त्यो भन्दा पनि उनी आफ्नो विगतको कामको कारण चर्चामा आइरहन्छिन्।

त्यो हो, ‘पोर्न स्टार!।

बलिउडमा पाइला टेक्नअघि उनी ‘एडल्ट फिल्म’ मा काम गर्थिन्। सोही कामको कारण उनी बलिउडमा मात्र नभई विश्वभर नै चर्चित भइन्। अहिले सनीको नामले परिचित उनको सक्कली नाम ‘करनजीत गौर’ हो। तर पछि एडल्ट फिल्ममा लागेपछि उनले आफ्नो नाम ‘सनी’ राखिन्। 

तर करनजीतको नाम सुनेर उनकी आमा रिसाइन्। किनकी उनको भाइको ‘निक नेम’ पनि सनी थियो।  त्योसँगै उनको काम देखेर पनि दुखी थिए, सनीका आमाबुबा। उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन्, ‘पोर्न स्टार म आफ्नै इच्छाले भएकी थिएँ। मेरो लागि यो मात्र एक व्यापार थियो। तर मेरा बाआमा मसँग रिसाउनुभयो तर पछि मैले सम्झाए मेरो लाइफ म आफ्नै चाहनाले जीउन चाहन्छु।’

पोर्न स्टार बनेकी सनीले त्योबेला ‘एडल्ट इन्डस्ट्रीको फेमस म्यागजिन’ मा ‘कवर अफ द इयर’ जितेकी थिइन्। त्यसबापत उनले एक लाख डलर पाएकी थिइन्। आफ्नो काममा खुसी थिइन्, सनी। तर उनले त्यही आफ्नो जीवन साथी पाइन्। जो थिए, डैनियल वेबर। 

उनीहरूले एकसाथ एडल्ट फिल्महरूमा काम गरे। त्यहीकारण उनीहरूबीच नजिकी बढ्यो र, सन् २०११ मा उनीहरू वैवाहिक बन्धनमा बाँधिए। अहिले सनी एडल्ट फिल्मबाट बिदा भइसकेकी छिन्। र, आफूले एडप्ट गरेका तीन छोराछोरी र श्रीमानको साथ खुसीसँग जीवन बिताइरहेकी छिन्। 

कसरी बनिन् पाेर्नस्टार

सनीको रहर थियो, बलिउडमा मोडलिङ गर्ने। त्यसका लागि उनले कैयौं ठाउँहरूमा अडिशन गरिन्। तर सफल भइनन्। र, उनले पोर्न इन्डस्ट्रीमा कदम राखिन्। जहाँ उनी एउटा चर्चित पोर्नस्टार भइन्। अहिले उनले आफ्नो विगतलाई पछाडि छाडिसकेकी छिन्। तर सनी आफ्नो विगतका कारण पछुतो मान्दिनन्। 

पोर्न इन्डस्ट्रीमा कदम राख्ने रहर नभएतापनि धेरै ठाउँमा भएको रिजेक्शनको कारण पोर्नस्टार बनेकी सनीको एउटा ‘करनजीत कौरः सनी लियोन की अनसुनी दास्तान’ नामको ‘सिरिज’ नै छ। जहाँमा उनको जीवनीलाई देखाइएको छ। 

प्रकाशित मिति: : 2023-10-26 18:00:00

प्रतिकृया दिनुहोस्