एउटा कोठामा डेरा गर्ने डेरावालको डर ! संक्रमण भए जाने कहाँ? महानगरका प्रतिनिधिलाई भोटरकै मात्र चिन्ता

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत आइसोलेसनको ब्यवस्था गर्न नसक्दा काठमाडौं बाहिरबाट आएका र कोठा भाडामा बस्नेहरु समस्यामा परेका छन्।

'मंगलवार साँझ संक्रमण पुष्टि भएको रिपोर्ट अनलाइनबाट पाएँ, फोन पनि कतैबाट आएन,' काठमाडौं महानगरपालिका वडा नम्बर ३० नम्बर वडा मैतीदेवीमा बस्दै आएका एक संक्रमितले भने, 'एउटा कोठामा साथीसँग बस्ने मलाई त्यहाँ आइसोलेसन बस्नु सम्भव भएन।'

उनी रातारात गरेर पैसा तिरेर होटलतिर लागे। होटलमा आइसोलेसनमा पुगेका उनले दिनको ६ हजारका दरले कति दिन रकम बुझाउनुपर्ने हो पत्तो छैन।

कोभिड १९ संक्रमण पुष्टि भएसँगै महानगरपालिकाले उनीहरुको ब्यवस्थापन गर्नुपर्ने हो। सरकारले महानगरलाई नै यसको जिम्मेवारी दिएको छ। तर, मैतीदेवीका संक्रमितले महानगरको जिम्मेवारी महसुस गर्न पाएनन्।

अझ त्यसमाथि कोही संक्रमित होम आइसोलेसनमा बस्न चाहने हो भने सम्बन्धित ब्यक्तिलाई मन्जुरिनामा हस्ताक्षर गर्नुपर्ने सरकारी निर्देशिकामा उल्लेख छ। त्यसका लागि महानगरपालिका सक्रिय हुनुपर्छ। तर, निर्देशिका एकातिर छ भने संक्रमित कहाँ छन् कसरी कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छन् महानगरपालिकालाई नै पत्तो छैन।

प्रकाशित मिति: : 2020-10-07 17:02:21

प्रतिकृया दिनुहोस्