काठमाडौंमा के गर्दैछ नाम्खाको सीमाक्षेत्र निरीक्षण गरेको टोली?

नेपाल लाइभ

काठमाडौँ

दुर्गा दुलाल

हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा रहेको ११ नम्बर र १२ नम्बर सीमा पिल्लरको विवाद देशभर मात्र चर्चा नभएर अन्तराष्ट्रिय रुपमै चर्चित भयो। सधैँजसो भारतीय पक्षले मात्र नेपाली सीमा मिचेकोको सार्वजनिक भइरहनेमा यसपटक उत्तरी छिमेकी चीनले पनि सीमा मिचेको कुरा आएपछि यसले तरंगित तुल्याएको छ।

चीनियाँ पक्षले हालै मात्र चरन खर्कमा ९ वटा आधुनिक भवन बनाएपछि यो विवाद सुरु भएको थियो। उक्त क्षेत्रमा सुरुमा दुई वटा भवन मात्र रहेका थिए। तर चीनियाँ पक्षले थप ९ वटा भवन निर्माण गरेको तर नेपाली पक्षलाई जानकारी नै नभएपछि यो क्षेत्र मिचिएको आशंका गरिएको थियो।

 

प्रकाशित मिति: : 2020-10-07 20:37:31

प्रतिकृया दिनुहोस्