कोरना कहरबीच दशैँ तिहार गीत 'आहै चचहुइ'  सार्वजनिक ( भिडियो )

दशैँ शुरु हुने लाग्दा  यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् ।  यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले  नयाँ गीत 'आहै चचहुइ'को म्युजिक भिडियो  रिलिज गरेका छन् ।

दशैँ र तिहारको रमाइलो  भावलाई  समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।  

म्युजिक  भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय  देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो।  गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई  गायक श्रेष्ठकै  अफिसिएल च्यानल 'प्रजित श्रेष्ठ' मार्फत सार्वजनिक गरिएको छ।  

विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने  गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2020-10-08 09:53:00

प्रतिकृया दिनुहोस्