
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
महेश नेपाली
कर्णालीका क्याम्पहरुमा भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे नतिजाले नेकपा (माओवादी केन्द्र)निकटकाे अखिल क्रान्तिकारीलाई ठुलाे संगठनकाे रुपमा स्थापित गरेकाे छ भने नेविसंघ र अनेरास्ववियुले क्रमश दाेस्राे र तेस्राे संगठनकाे रुपमा स्थापिथ भएका छन्।
यतिबेलासम्म प्रदेशका सबै क्याम्पसकाे नतिजा सार्वजनिक भइसकेकाे छ। त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा मतदान भएको थियाे।
केही छिटफुट घटनालाई छोडेर कर्णाली प्रदेशका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएकाे क्याम्पहरुका निर्वाचन समितिले जानकारी दिएका छन्। कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा सामान्य झडप भएको थियो। त्यहाँ भोटिङ हुँदै गर्दा विवाद भए। प्रहरी र विद्यार्थीबीच झडप भएको थियो। यद्यपि, विवाद साम्य पारेर आइतबार नै मतदान सम्पन्न गरिएको थियाे।
मध्यपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमध्ये (नारायण क्याम्पस दैलेखबाहेक) नौ वटामा चुनाव सम्पन्न भएको छ। १० वटामध्ये तीन वटा लुम्बिनी प्रदेशमा पर्दछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरुमा पनि चुनाव भएको छ। यसअघि करिब १५ वटा क्याम्पसहरुमा भने निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ।
कर्णालीमा मध्यपश्चिम विश्वविद्यालयका आंगिक र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आंगिक गरी ३९ वटामध्ये ३४ वटा क्याम्पसकाे नजिता आएकाे हाे। प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भइसकेको छ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयसहित ४ वटामा विविध कारण चुनाव हुन सकेन। मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम (पश्चिम)मा स्ववियु निर्वाचन हुन सकेन। मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन।
यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ।
नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुनः चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्क्योल नआउँदा चुनाव हुन सकेन।
यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको नतिजा पनि आइसकेकाे छ। यहाँ अनेरास्ववियुकाे प्यानल नै विजयी भएकाे छ। नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो। त्यसमध्ये नलगाडमा बिचैमा विवाद हुँदा चुनवा रोकिएको छ।
नतिजा आएका १५ वटा क्याम्पसहरुमा नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले वर्चश्व जमाएको छ। यस्तै नेपाली कांग्रेस निकट नेविसंघले १२ र नेकपा (एमाले)निकट अनेरास्ववियु भने जम्मा ६ वटा क्याम्पसमा सीमित बनेको छ।
एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्। सल्यानकाे कपुरकोट बहुमुखी क्याम्पस स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका हुन्। उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए। विषेशगरी गठबन्धनका कारण नेविसंघलाई फाइदा पुगेको छ भने अखिल क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार बनेकाहरु निर्विरोध निर्वाचित भएका छन्।
निम्न क्याम्पसहरुमा निम्न विद्यार्थी संगठनको प्रतिनिधित्व भएकाे छ:
अखिल क्रान्तिकारी
-जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल
-तिला कर्णाली बहुमुखी क्याम्पस कालिको : हिक्मत सिंह
-जहारी क्याम्पस, खोलागाउँ रुकुम -पश्चिम): भरत विक
-राडिज्यूला शिक्षा क्याम्पस, आठबिसकोट रुकुम (पश्चिम): दीपक केसी
-सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला: सन्तोष आचार्य (निर्विरोध)
-स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम: किरण विश्वकर्मा (निर्विरोध)
-सानोभेरी शिक्षा क्याम्पस रुकुम (पश्चिम): वीरभान भण्डारी (निर्विरोध)
-सितल क्याम्पस चौरजहारी रुकुम (पश्चिम): निराजन केसी (निर्विरोध)
-सिम्रुतु क्यापस, त्रिवेणी रुकुम (पश्चिम): निर्मला बुढाथोकी (निर्विरोध)
-चतुर्देव क्याम्पस रातापानी मुगु: मन्सुर कार्की (निर्विरोध)
-बनगाड क्याम्पस सल्यान: अजय विष्ट (निर्विरोध)
-थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान: बरुण न्यौपाने (निर्विरोध)
-लिखु संयुक्त क्याम्पस डोल्पा: रनचन्द्र शाही (निर्विरोध)
-जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट: जागेश्वर थापा (निर्विरोध)
-जनकल्याण क्याम्पस थारमारे सल्यान: एकराज ओली (निर्विरोध)
नेविसंघ
-चामुण्डा कलेज दैलेख: सुनिलकुमार शाही
-आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख: नगेन्द्रबहादुर शाही
-द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख: प्रकाश थापा
-रारा बहुमुखी क्याम्पस मुगु: राज तामाङ
-नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट: जुनिता विष्ट (निर्विरोध)
-गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत: गोपाल खड्का (निर्विरोध)
-मानोसरोबर बहुमुखी हुम्ला: नरेन्द्र भण्डारी (निर्विरोध)
-विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत: चेतन नेपाली
-जुम्ला बहुमुखी क्याम्पस जुम्ला: महेश हमाल
-डोल्पो क्याम्पस डोल्पा: खिमबहादुर रोकाय
-भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट: प्रकाशसिंह ठकुरी
-रुकुमेली क्याम्पस, खलङ्गा रुकुम (पश्चिम): अनिशेष केसी
अनेरास्ववियु
-सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत: अक्कलबहादुर सिजापती
-सिम्ता बहुमुखी क्याम्पस सुर्खेत: स्धनश्याम रेग्मी
-अमरदीप क्याम्पस सुर्खेत: अनुप ढकाल (निर्विरोध)
-हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत: सिर्जना रसायली (निर्विरोध)
-भेरी क्याम्पस गुमी सुर्खेत: शक्ति पौडेल
-सल्यान बहुमुखी क्याम्पस सल्यान: राजेश वली (निर्विरोध)
स्वतन्त्र
-कपुरकोट बहुमुखी क्याम्पस सल्यान: रामप्रसाद आचार्य
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया