काठमाडाैं। तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ।
जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो।
चेन्नईका आम्बाती रायुडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए।
यता नारायण जगदेसन ३३ रनमा रन आउट हुन पुगे। नारायणले २८ बलमा ४ चौका प्रहार गरे। ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट भए। वाटसनले १८ बलमा ३ चौका प्रहार गरे। कप्तान महेन्द्रसिंह धोनी १०, फाप डु प्लेसिस ८ र रविन्द्र जडेजा ७ रनमा आउट भए।
वासिन्टन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। युजभेन्द्र चहल र इसुरु उडानाले एक एक विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो। बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे।
यता शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे। ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए। पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे।
वासिन्टन सुन्दर १०, ओपनर आरोन फिन्च २, आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स शून्यमा आउट भए।
चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। साम करन र दीपक चहरले एक एक विकेट लिए।
जितसँगै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हारसहित नेट रन रेटको आधारमा चौथो स्थानमा उक्लिएको छ। पराजित चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ।
चेन्नईले अव सनराइजर्स हैदराबादसँग मंगलबार खेल्ने छ। बेंगलोरले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ।