बलात्कार मुद्धामा पायल घोषले गुहारिन् प्रधानमन्त्री मोदी र महिला आयोग अध्यक्षलाई

फिल्म निर्देशक अनुराग कश्यममाथि बलात्कारको आरोप लगाउने नायिका पायल घोषले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मासँग सहयोग मागेकी छिन्।

उनले भर्खरै एउटा ट्वीट गर्दै कुनै पनि बेला आफ्नो हत्या हुनसक्ने र त्यसलाई आत्महत्या प्रमाणित गर्न सक्ने भन्दै प्रधानमन्त्री तथा महिला आयोगकी अध्यक्षलाई ट्याग गरेकी छिन्, ‘मुभी माफियाको समूहले मलाई कुनै पनि बेला मार्न सक्छन् र यसलाई आत्महत्या वा अरु कुनै कुरा प्रमाणित गर्न सक्छन्।’

पायलले सुशान्त सिंह राजपूतको जस्तै आफ्नो पनि हत्या हुन सक्ने बताएकी छिन्। उनले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र गृहमन्त्री अमित शाहलाई पनि आग्रह गरेकी छिन्। 

उनले आफूमाथि मुद्धा दर्ता गर्ने ऋचा चड्ढाको पनि आलोचना गरेकी छिन्। अनुरागलाई बलात्कारको आरोप लगाउदा पायलले ऋचाको पनि नाम लिएकी थिइन। उनले अनुरागले आफूलाई भनेको भन्दै ऋचाको नाम लिएपछि उनले पायलविरूद्ध मुद्धा दर्ता गराएकी थिइन। 

पायलले २२ सेप्टेम्बरमा अनुरागमाथि उजुरी दर्ता गराएकी थिइन। उनले २०१३ मा वर्सोवाको यारी रोडमा रहेको एउटा ठाउँमा लगेर आफूलाई अनुरागले बलात्कार गरेको आरोप लगाएकी थिइन। मुम्बई प्रहरीले अनुरागसँग यस विषयमा सोधपुछ गरिसकेको छ।

प्रकाशित मिति: : 2020-10-11 19:10:00

प्रतिकृया दिनुहोस्