महाव्याधिपछिको भूराजनीति

जोसफ एस. न्ये, जुनियर
जोसफ एस. न्ये, जुनियर

भविष्य ठ्याक्कै यस्तो हुन्छ भनेर भन्न सकिन्न जबसम्म त्यो वर्तमान हुँदैन । कोभिड–१९ पछिको विश्व कसरी बदलिन्छ भनेर पनि थोरै अनुमानमात्र लगाउन सकिन्छ । म यहाँ सन् २०३० कस्तो हुन्छ भन्ने विषयमा पाँच प्रकारका संभाव्य भविष्यका विषयमा छलफल गर्न खोज्दैछु । तर, यस बाहेकका संभावनालाई पनि पक्कै पन्छाउन सकिँदैन ।

विश्वव्यापी उदारवादी प्रणालीको अन्त्य : दोस्रो विश्वयुद्धको अन्त्यपछि अमेरिकाले बनाएको विश्वव्यापी संस्थाहरूको संरचनाहरूले व्यापारिक र वित्तीय उदारीकरणलाई उल्लेखनीय रूपमा फैलन मद्दत गरे । कोभिड–१९ आउनुअघि पनि चीनको उदय र पश्चिमा लोकतन्त्रमा देखिएको लोकप्रियतावाद (पपुलिज्म)का कारण यस प्रणालीमा चुनौती देखिएको थियो । यस प्रणालीबाट चीनले धेरै फाइदा लियो तर जब आफू बलियो हुँदै गयो तब नियम र कानुन आफूअनुसार बनाउन जिरह गर्दै गयो । अमेरिकाको विरोध, संस्थागत कमजोरी तथा स्वतन्त्रताको माग बढ्दै गयो । अमेरिका विश्व स्वास्थ्य संगठन तथा पेरिसको वातावरण सम्झौताबाट बाहिर निस्क्यो । कोभिड–१९ ले यस्तै अवस्था अझ बढाएर लैजाने र अमेरिकाको ‘प्रणाली व्यवस्थापक’ (सिस्टम म्यानेजर) को भूमिका खुम्चाउने देखिन्छ । 

प्रकाशित मिति: : 2020-10-12 10:36:00

प्रतिकृया दिनुहोस्