आमिरकी छोरी इराले भनिन्–म चार वर्षदेखि डिप्रेसनमा

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले आफू चार वर्षदेखि डिप्रेसनमा रहेको खुलासा गरेकी छिन्। 

आमिरको पहिलो श्रीमति रिना दत्ताकी छोरी इराले सोसल मिडियाबाट यसको जानकारी दिएकी हुन। उनले चार वर्षदेखि आफू क्लिनिकल डिप्रसेनमा रहेको बताएकी छिन्। शनिबार विश्व मानसिक स्वास्थय दिवसको दिन उनले एउटा भिडियोमार्फत यो कुरा बताएकी हुन। 

भिडियोमा इरा भनिरहेकी थिइन, ‘हो। म मानसिक समस्यामा छु। म चार वर्षदेखि डिप्रेसनमा छुँ। म डाक्टरसँग सल्लाह गर्न गएकी थिए। तर, अहिले मलाई राम्रो छ। म गत वर्षदेखि नै यस विषयमा केही गर्न चाहिरहेको थिए। तर, के गर्ने मलाई थाहा छैन।’

२३ वर्षीय इराले गत वर्ष ‘युरिपाइड्स मेडिया’ नामको एउटा नाटकमा डेब्यु गरेकी थिइन। उनले यो नाटकको निर्देशन गरेकी थिइन। यो नाटकमा वरुण धवनकी भतिजी अञ्जिनी धवनले अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन।

प्रकाशित मिति: : 2020-10-12 12:02:00

प्रतिकृया दिनुहोस्