इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ।
चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्छाएको हैदराबाद निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनमा समेटियो।
हैदराबादको लागि केन विलियम्सनले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ३९ बलमा ७ चौका प्रहार गरेका थिए।
जोनी बेयरस्टोले २४ बलमा २ चौकासहित २३ रन बनाए। यस्तै प्रियम गर्गले १८ बलमा १ चौकासहित १६ रन बनाए।
आक्रामक ब्याटिङ गरेका रशिद खान १४ रनमा आउट भए। उनले ८ बलमा १ छक्का र १ चौका प्रहार गरे।
यता विजय शंकर १२, डेविड वार्नर ९ रनमा आउट भए।
चेन्नाईका लागि करण शर्मा र ड्वेन ब्राभोले समान दुई/दुई विकेट लिए। ब्राभोले ३ ओभरमा २५ रन खर्चे। यता करणले ४ ओभरमा ३७ रन खर्चे।
यस्तै साम करन, शार्दुल ठाकुर र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए। समान ३/३ ओभर बलिङ गरेका करन र जडेजाले क्रमशः १८ र २१ रन खर्चिए।
यता ठाकुरले २ ओभर बलिङ गरेर १० रन खर्चिए।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो।
चेन्नईका लागि सर्वाधिक ४२ रन जाेडेका वाटसनले ३८ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै अम्बाती रायुडुले ४१ रनको योगदान दिए। रायुडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
रायुडु र वाटसनले ८१ रनको साझेदारी गर्दै चेन्नईलाई राम्रो योगफलको बाटो देखाएका थिए।
यता साम करनले २१ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए।
अलराउन्डर रविन्द्र जडेजाले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १० बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे।
महेन्द्रसिंह धोनी २१ रनमा क्याच आउट भए। धोनीले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। दीपक चहर २ रनमा अविजित रहे।
सन्दीप शर्माले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। टि नटराजनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए।