हजार किलोको फर्सीले जित्यो ‘फर्सी प्रतियोगिता’

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको क्यालिफोर्नियास्थित हाफ मुन बेमा भएको ४७ औँ संस्करण ‘फर्सी प्रतियोगिता’ १ हजार ६६ किलोको फर्सीले जितेको छ।

हाफ मुन बेमा वर्षैपिच्छे सो प्रतियोगिता हुने गर्छ। 

मिनोसेटाका ४० वर्षीय बागबानी शिक्षक ट्राभिस गिंगरले सो फर्सी फलाएका हुन्। पुरस्कारस्वरुप उनले १६ हजार ४५० डलर हात पारेका छन्।

फर्सी गाडीमा बोकेर ३५ घण्टाको यात्रा गरी उनी प्रतियोगितास्थल पुगेका थिए।

‘मेराे लागि याे साह्रै कठिन यात्रा थियो। यात्राकाे क्रममा धक्का लागेपछि फर्सी फुट्ने हो कि भनेर तर्सिन्थेँ।बेलाबेला ओर्लिएल हेर्थे। तर सकुशल मैले फर्सी प्रतियाेगिता भाइरहेकाे स्थलसम्म ल्याउन सके र जिते पनि,’ उनले भने।

उनका अनुसार महामारीका बेला धेरैजसो समय घरपछाडि रहेको फर्सीको हेरचाहमा बिताएका थिए।

‘काेराेना भाइरसकाे महामारीपछि अधिकांस समय घरमै बित्याे। घर पछाडि रहेकाे करेसा बारीमा तर्कारी लगाएकाे थिए। त्यही तरकारीमा दिनमै १० पटकसम्म पानी र कम्तीमा दुई पटक मल हाल्थे। फर्सीलाई पनि साेही तरिकालेपानी र मल दिन्थे,’ उनले भने।

सन् २०१८ मा १ हजार १३४ किलोको फर्सीले यो प्रतियोगिता जितेको थियो।

सन् २०१६ मा बेल्जियमका एक किसानले १ हजार १७९ किलोको फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका थिए। 

प्रकाशित मिति: : 2020-10-14 06:47:00

प्रतिकृया दिनुहोस्