किसानविरुद्ध आपत्तिजनक कुरा लेखेपछि कंगनाविरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ।
 
कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेपछि उनीविरुद्ध उजुरी दर्ता भएको हो।

कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको हाे।

तुमाकूरी जिल्ला अदालतले अक्टोबर ९ मा आरोप दर्ता गर्न भनेको थियो। वकिल एल रमेश नायकले कंगनाले सेप्टेम्बर २१ मा गरेको ट्वीटलाई लिएर उजुरी गरेका हुन्।

भारतको अपराध संहिता (आइपिसी) को धारा १०८, १५३ (ए) र ५०४ को आधारमा कंगनाविरुद्ध उजुरी परेको जनाइएकाे छ। 

उनीमाथि सामाजिक विभाजन गर्ने, उक्साउने तथा शान्ति व्यवस्था खलबल बनाउने खालको ट्वीट गरेका कारण आरोप दर्ता गरिएको हो।

कंगनाले सो ट्वीटमा कृषि विधेयकको विरोधमा प्रदर्शन गर्नेहरु सिएएको विरोधमा प्रदर्शन गर्नेहरु जस्तै ‘आतंककारी’ रहेको उल्लेख गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-10-14 13:00:00

प्रतिकृया दिनुहोस्