सलमानले तिरिदिए आईसीयूमा भर्ना भएका फराज खानकाे सबै उपचार खर्च

बलिउड अभिनेता सलमान खानले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा सहयोग गरेका छन्।

बलिउडका पूर्वकलाकार फराज खानको उपचारमा उनले सहयोग गरेका हुन्। 

ब्रेन इनफेक्शन र निमोनिया भएका फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। 

आर्थिक अवस्था कमजोर भएका फराजको उपचार खर्चको सम्पूर्ण खर्च सलमानले तिरिदिएको कश्मीरा शाहले इस्टाग्राममार्फत जानकारी दिएका हुन्।

कश्मीराले सलमानले अरु विरामीजस्तै फराजलाई सहयोग गरेको भन्दै धन्यवाद पनि दिएकी छन्।

फराज बलिउडका दिग्गज अभिनेता यूसुफ खानका छोरा हुन्। १९९० को दशकमा फराजले केही फिल्ममा काम गरेका थिए।

फराज एक वर्षदेखि विरामी छन्। पछिल्लो समय अवस्था गम्भीर बन्दै गएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारका लागि पूजा भट्टले अभियान नै चलाएकी छन्।

 

प्रकाशित मिति: : 2020-10-15 14:15:00

प्रतिकृया दिनुहोस्