पहिलो ओस्कार जित्ने भारतीय ‘कस्ट्युम डिजाइनर’ को निधन

ओस्कार विजेता ‘गान्धी’ फिल्ममा कस्ट्युम डिजाइनरको पुरस्कार जित्ने भानु अथैयाको बिहीबार राती ९१ वर्षको उमेरमा निधन भएको छ। 

उनले सयभन्दा बढी हिन्दी फिल्ममा कस्ट्युम डिजाइन गरेकी थिइन। उनी ८ वर्षदेखि ब्रेन ट्युमरको उपचार गरिरहेकी थिइन। तीन वर्षदेखि ओछ्यानबाट उठ्न नसकेको परिवारले बताएको छ। भानुको शरीरको एउटा भाग प्यारालाइज भएको थियो। 

उनको जन्म कोल्हापुरमा भएको थियो। उनले सन् १९५६ मा गुरु दत्तको चर्चित फिल्म सीआइडीमार्फत फिल्ममा काम गरेकी थिइन। उनले आमिर खानको फिल्म लगान र शाहरुख खानको फिल्म स्वदेशमा पनि कस्ट्युम डिजाइन गरेकी थिइन्। 

सन् १९८३ मा हलिउड निर्देशक रिचर्ड एटनबरोले निर्माण गरेको ‘गान्धी’ फिल्ममा नायक जोन मोलोसँगै उनले ओस्कार जितेकी थिइन। तर, २०१२ मा उनले एकेडेमी अफ मोसन फिक्चर आर्ट्स एन्ड साइन्सलाई आफ्नो अवार्ड फिर्ता गरेकी थिइन। उनले सुरक्षाका कारण अवार्ड फिर्ता गरेको बताइएको थियो। 

पाँच दशक लामो फिल्मी करिअरमा भानुले दुई वटा नेशनल अवार्ड जितेकी थिइन। उनले पहिलो नेशनल अवार्ड सन् १९९० मा गुलजारको फिल्म लेकिनका लागि र दोस्रो २००१ मा लगानका लागि थियो। 

‘गान्धी’ फिल्मका लागि रिचर्डले १५ मिनेट भित्र भानुको छनोट गरेका थिए। रिचर्डको ड्रिम प्रोजेक्ट मानिएको ‘गान्धी’ फिल्म बनाउन उनलाई १७ वर्ष लागेको थियो। भारतका दुई जनाले मात्र अहिलेसम्म ओस्कार अवार्ड जितेका छन्। भानुबाहेक अर्को व्यक्ति संगीतकार एआर रहमान हुन्।

प्रकाशित मिति: : 2020-10-16 11:54:00

प्रतिकृया दिनुहोस्