युभेन्ट्सले राेनाल्डाे दिएर एम्बाप्पेलाई ३६० मिलियनमा भित्र्याउने !

फरवार्ड केलिएम एम्बाप्पे
इटालियन सिरी ए क्लब युभेन्ट्सले पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलिएम एम्बाप्पेलाई भित्र्याउने योजना बनाएको छ।

इटालियन सिरी ए क्लब युभेन्ट्सले पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलिएम एम्बाप्पेलाई भित्र्याउने योजना बनाएको छ।

 २०१८ को विश्वकपमा एम्बाप्पे ब्राजिलका पेलेपछि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका एम्बाप्पेलाई विश्व कीर्तिमानी ३६० मिलियन डलरमा भित्राउन लागिएको हो।

यसका लागि कल्बले आफ्ना स्टार क्रिस्टियानो रोनाल्डोलाई बेच्ने इटालियन अखबार टुटोस्पोर्टसले जनाइएको छ। जुन यसअघि पीएसजीले नै नेमारलाई भित्र्याएको विश्व कीर्तिमानी रकम भन्दा १६० मिलियन बढी हो। 

समाचारमा जनाइए अनुसार ३६० मिलियनमा एम्बाप्पे भित्र्याउन युभेन्ट्सले रोनाल्डोलाई पीएसजी पठानु पर्ने हुन्छ। किनभने कल्बले एकैपटक यति धेरै रकम खर्चिदा युइएफाको आर्थिक सम्बन्धि कारवाही भोग्नु पर्छ।

हुन त  यसअघि रोनाल्डो पीएसजी मै जाने चर्चा न चलेका होइनन्। तर २०२० को अन्त्यसम्म युभेन्ट्ससँग रोनाल्डोको सम्झौता दुई वर्ष थप गरिएको थियो।  

रियल मड्रिडबाट रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए। त्यसयता उनले ९१ खेलमा ६८ गोल गरिसकेका छन्। यता पीएसजीबाट एम्बाप्पेले १२७ खेलमा ९२ गोल गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-10-16 12:00:00

प्रतिकृया दिनुहोस्