EXCLUSIVE : जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता !

सुशील पन्त

काठमाडाैं

रोना महामारीका कारण चौतर्फी आर्थिक मन्दी लागेको समयमा संघीय संसद्का सदस्यहरूले भने दशैं भत्ता बुझेका छन्, त्यो पनि गत वर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर । पोहोरको निर्णयका आधारमा संघीय संसद सचिवालयले सांसदहरूलाई दशैं भत्ता बाँडेको हो । 

मुलुकको आर्थिक अवस्था जर्जर बनेको समयमा संघीय संसद्का सांसदले एक महिनाको पारिश्रमिक बराबरको चाडबाड भत्ता बुझेका हुन् । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ छ । संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा २०७६/०५/३१ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा समेत चाडबाड खर्च उपलब्ध गराइएको उल्लेख छ । यस्तो थियो मन्त्रिपरिषद्को निर्णय : ​सरकारले लुकाएको निर्णय– मन्त्रीदेखि सांसदसम्मलाई पहिलोपटक दशैंभत्ता !

प्रकाशित मिति: : 2020-10-16 19:29:00

प्रतिकृया दिनुहोस्