भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्याे

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ।

अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट एक हजार ३३ जनाको मृत्यु भएको हो।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७४ लाख ९४ हजार ५५२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ६१ हजार ८७१ नयाँ संक्रमित भेटिएका हुन्।

अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो भारत। अहिलेसम्म अमेरिकामा ८१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन्। मृतक संख्याको आधारमा भने तेस्रो स्थानमा छ भारत।

अमेरिकामा अहिलेसम्म दुई लाख १९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-10-18 13:01:00

प्रतिकृया दिनुहोस्