चितुवाको छालासहित एकजना पक्राउ

प्रहरीले घोराहीमा चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका ५ धर्नाका ५० वर्षीय इन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। 

चितुवाको छालाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले घर्तीको घरमा तलासी गरेको थियो।

उनको घरबाट प्लाष्टिकको बोरामा लुकाइ राखेको चितुवाको टाउकोदेखि पुच्छरसम्मको ७ फिट ८ इन्चको छाला फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए।

घर्तीलाई प्रारम्भिक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत थप कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको  छ।

प्रकाशित मिति: : 2020-10-18 18:09:00

प्रतिकृया दिनुहोस्