धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

सुनसरीको इटहरी २० का ७८ वर्षीय पुरुषको साेमबार बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनी प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए ।

रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।
 

प्रकाशित मिति: : 2020-10-19 09:15:00

प्रतिकृया दिनुहोस्