लंका प्रिमियर लिगको ड्राफ्ट परेनन् सन्दीप लामिछाने

लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट नेपाली लेग स्पिनर सन्दीप लामिछाने कुनै टोलीमा छनोट हुन सकेनन्।

श्रीलंका क्रिकेट बोर्डले सोमबार अनलाइनको माध्यमबाट आयाेजना गराएकाे ड्राफ्टमा लामिछानेलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन्। 

हाल नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि यूएईमा दिल्ली क्यापिटल्सको टोलीसँगै छन्।

ड्राफ्टको राउन्ड २० सम्म चलेको थियो। एलपिएलमा पाँच टोलीबीच १५ दिनसम्म प्रतिस्पर्धा चल्ने छ। कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोलीले एलपिएलमा प्रतिस्पर्धा गर्ने छन्।

एलपिएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने छ। कुल २३ खेल हुने छन्। ड्राफ्टमा पाकिस्तानका खेलाडी बढि अनुबन्ध भएका छन्।

प्रकाशित मिति: : 2020-10-20 05:56:00

प्रतिकृया दिनुहोस्