सञ्जय दत्त क्यान्सर मुक्त

अभिनेता सञ्जय दत्तको क्यान्सर नाटकीय रूपमा ठिक भएको छ। उनको साथी तथा व्यापार विश्लेषक राज बंसलले यसको जानकारी दिएका हुन्। 

सोमबार ६१ वर्षीय सञ्जयको पोजिट्रो एमिसन टोमोग्राफी (पीईटी) रिपोर्ट आएको थियो, जसमा उनी क्यान्सर मुक्त रहेको बताइएको छ। 

सञ्जयले केही दिनअघि आफूले क्यान्सलाई पराजित गर्ने दावी गरेका थिए। उनलाई ८ अगस्टमा स्वास फेर्न अफ्ठेरो भएपछि लिलावती अस्पताल भर्ना गरिएको थियो। 

जहाँ उपचारका क्रममा तीन दिनपछि फोक्सोमा क्यान्सर भएको छानवीन रिपोर्टमा पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिए।

प्रकाशित मिति: : 2020-10-20 07:42:00

प्रतिकृया दिनुहोस्