आमा–बुवालाई जोगाऔं

मान्यजनबाट आशीर्वाद लिने-दिने चाडका रूपमा मनाइन्छ दसैं।
मान्यजनबाट आशीर्वाद लिने-दिने चाडका रूपमा मनाइन्छ दसैं।

मान्यजनबाट आशीर्वाद लिने-दिने चाडका रूपमा मनाइन्छ दसैं। सोही मान्यताका कारण कोरोना संक्रमण जोखिमबीच आमाबुवाको आशीर्वाद लिन धमाधम गाउँ जाने क्रम चलिरहेको छ। गाउँमा आमाबुवा पनि छोराछोरीको पर्खाइमा छन्। सहरमै पनि छिन्नभिन्न परिवार एक ठाउँ हुन दसैं कुरिरहेका छन्। 

चाडपर्व÷संस्कृति भावनासँग जोडिएको कुरा हो। त्यसैले अधिकांश नेपाली संक्रमणको जोखिम मोलेरै पनि आशीर्वाद लिने तयारीमा देखिन्छन्। तर, आशीर्वाद लिन जाँदा कतै आमा–बुवालाई कोरोना भाइरसको ‘उपहार’ त लैजाँदै हुनुहुन्न ? सोचौं सबैले। जनस्वास्थ्यविद्का अनुसार वृद्धवृद्धामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ। त्यही भएर संस्कृतिविद् सत्यमोहन जोशी यसपटक टाढैबाट आशीर्वाद लिएर-दिएर चित्त बुझाउनुपर्ने बताउँछन्। 

‘दसैं हाम्रो महŒवपूर्ण चाड हो। सबै जना भेला हुने, एकीकृत हुने गर्छौं’, संस्कृतिविद् जोशी भन्छन्, ‘तर यसपटक हामीले जोखिमलाई ध्यान दिएर चाड मनाउनुपर्छ। आशीर्वाद फोनबाटै पनि लिन सकिन्छ।’ 

इतिहासकार तथा संस्कृतिविद् ज्ञानमणि नेपाल यसपटकको दसैँ पुरानै तरिकाले मनाउन नहुने धारणा व्यक्त गर्छन्। ‘अन्य धेरै चाड रोकिएका छन्’, संस्कृतिविद् नेपाल भन्छन्, ‘दसैंलाई पनि हामीले नयाँ तरिकाले मनाउन सकिन्छ।’ बुवाआमालाई कोरोनाबाट जोगाउन परिवारबाट टाढा भएकाले प्रविधिको सहायताले आशीर्वाद लिनुपर्ने उनी बताउँछन्।

 ‘मेरा पनि छोरा नाति-नातिनी गरेर ६० जना दसैंमा टीका थाप्न आउने गर्थे’, उनी भन्छन्, ‘यस वर्ष सबैलाई नआउन आग्रह गरेको छु। सुरक्षित घरमै बसेका केहीलाई मात्र लगाइदिने सल्लाह भएको छ। यस वर्ष सबैले सचेत भएर टाढैबाट आशीर्वाद लिनु उचित हुन्छ।’ संसारकै समस्या भएकाले हामीले पनि समयअनुसार चल्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-10-20 08:29:00

प्रतिकृया दिनुहोस्