नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण, २६९ आईसियु र ८७ भेन्टिलेटरमा 

नेपालमा बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। याेसँगै देशभर कोरोना संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा बुधबार ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन्।

काठमाडौंका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

२६९ संक्रमितको आईसियुमा र ८७ जना भेन्टिलेटरमा 

बुधबारसम्म देशभर २ सय ६९ जना कोरोना संक्रमितको आईसियुमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३१, प्रदेश २ मा ९, बागमतीमा १५२, गण्डकीमा २०, लुम्बिनीमा ४७, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता ड। जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा १, बागमती प्रदेशमा ५९, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

१६ जिल्लामा ५ सयभन्दा बढी संक्रमित

मन्त्रालयले हाल १६ जिल्लामा ५ सयभन्दा बढी संक्रमित रहेको जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, काभ्रे, मकवानपुर, ललितपुर, काठमाडौं, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके, कैलाली, सुर्खेत, डढेलधुरा र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।

प्रकाशित मिति: : 2020-10-21 16:38:00

प्रतिकृया दिनुहोस्