काठमाडौं उपत्यकामा ३१ सय ७ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा बुधबार ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन्। याेसँगै देशभर कोरोना संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-21 16:48:00

प्रतिकृया दिनुहोस्